सोमबार पनि नेप्से परिसूचक घटेको छ।
यसदिन नेप्से ३०.६० अंकले घटेर २५७०.१८ विन्दुमा बन्द भएको छ।
सोमबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
शुक्रबार ६ अर्ब ६८ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ७ अर्ब ४६ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३६८ वटा धितोपत्रको चार करोड १७ लाख २५ हजार ३२३ कित्ता सेयर किनबेच भएको हो।
आज २२ कम्पनीको सेयरमूल्य बढेको छ भने २४९ वटाको घटेको छ। यस्तै चार कम्पनी स्थिर छन्।
सोमबार सामुदायिक लघुवित्तको सेयर मूल्य सर्वाधिक ५.३७ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको मूल्य एक हजार १९७ रूपैयाँ पुगेको छ।
यस्तै, १०.२५% सिटिजन बैंक डिबेन्चर २०८६ को मूल्य ५.३१ प्रतिशतले बढेर प्रति डिबेन्चर मूल्य एक हजार १९० रूपैयाँ कायम भएको छ।
यसैगरी, उपकार लघुवित्तको सेयर मूल्य सर्वाधिक ११.२८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य दुई हजार ८३९ रूपैयाँमा झरेको छ।
यसैगरी, बुद्धभूमी नेपाल हाइड्रोपावरको मूल्य ७.४७ प्रतिशतले घटेर कित्ता मूल्य २७५ रूपैयाँमा सीमित भएको छ।
सोमबार एनएमबी डिबेन्चर ८.५०%-२०८७/८८को सर्वाधिक कारोबार भएको छ।
उक्त डिबेन्चरको प्रतिकित्ता एक हजार १३५ रूपैयाँमा ४८ करोड ४६ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.७३ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा १०% एनआइसी एसिया डिबेन्चर २०८५/८६ रहेको छ।
उक्त डिबेन्चरको एक हजार १५४ रूपैयाँमा ४६ करोड ६५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचकघट्दा समग्र नेप्से घटेको हो।
यसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक २.३० प्रतिशतले घटेको छ।