बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
यसदिन नेप्से १४ अंकले बढेर २५९०.२९ विन्दुमा बन्द भएको छ।
बुधबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
मंगलबार ८ अर्ब ४१ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ४ अर्ब १७ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३६२ वटा धितोपत्रको ८४ लाख ७३ हजार १६ कित्ता सेयर किनबेच भएको हो।
आज १९५ कम्पनीको सेयरमूल्य बढेको छ भने ६० वटाको घटेको छ। यस्तै १९ कम्पनी स्थिर छन्।
बुधबार एनएमबी डिबेन्चर १०.७५%–२०८९/९० को मूल्य सर्वाधिक ९.२० प्रतिशतले बढेको छ।
उक्त डिबेन्चरको मूल्य एक हजार ४२४ रूपैयाँ पुगेको छ।
यस्तै, नारायणी डेभलपमन्ट बैंकको मूल्य ८.४० प्रतिशतले बढेर प्रति कित्ता मूल्य ७९९ रूपैयाँ ९० पैसा कायम भएको छ।
यसैगरी, उपकार लघुवित्तकोे मूल्य सर्वाधिक ७.३२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य दुई हजार ८७३ रूपैयाँमा झरेको छ।
यसैगरी, एनआइबिएल स्टेबल फण्डको मूल्य ६.२८ प्रतिशतले घटेर इकाइ मूल्य ८ रूपैयाँ ५० पैसामा सीमित भएको छ।
बुधबार १०% हिमालयन बैंक डिबेन्चर २०८३ को सर्वाधिक कारोबार भएको छ।
उक्त डिबेन्चरको प्रतिकित्ता एक हजार ५० रूपैयाँ १० पैसामा ४४ करोड १० लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.०१ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा ७% आरबिबिएल डिबेन्चर २०८८ रहेको छ।
उक्त डिबेन्चरको एक हजार ७० रूपैयाँमा ३३ करोड २० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लगानी समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यसमध्ये विकास बैंक समूहको परिसूचक सर्वाधिक १.३७ प्रतिशतले बढेको छ।