साउन महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर थप घटाएका छन्।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार असारको तुलनामा साउनमा निक्षेपको ब्याजदर घटेको हो।
साउनमा वाणिज्य बैंकहरूबाट व्यक्तिगत मुद्दतीमा अधिकतम ४.१९ प्रतिशत ब्याज पाइने भएको छ। असारमा यस्तो औसत ब्याजदर ४.२६ प्रतिशत थियो।
असारको तुलनामा साउनमा ६ बैंकले ब्याजदर घटाएका छन्।
एनएमबि बैंकले ०.२५ प्रतिशतविन्दु, सिटिजन्स बैंक इन्टरनेशनलले ०.१५ प्रतिशतविन्दु, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.१ प्रतिशत विन्दु र कुमारी बैंकले ०.०६ प्रतिशतविन्दुले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्।
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ सबैभन्दा बढी ०.७५ प्रतिशतविन्दु र ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशतविन्दुले ब्याजदर घटाएको छन्।
नबिल र प्रभु बैंकमा सबै भन्दा धेरै ब्याजदर पाइन्छ। यिनमा ४.५५ प्रतिशतसम्म ब्याजदर पाइने भएको छ।
कुमारी र स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट सबैभन्दा कम ३.९५ प्रतिशतको दरमा ब्याजदर पाइने भएको हो।
बैंकहरूले रेमिट्यान्स खातामा व्यक्तिगत मुद्दती खातामा भन्दा एक प्रतिशत बढी ब्याज दिन्छन्। लामो समयदेखि नै बैंकहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएपछि बैंकहरूको ब्याजदर घटिरहेको छ।
हाल बैंकहरूसँग करिब १३ खर्ब भन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको छ। कर्जा नगएपछि पछिल्लो समय बैंकहरूले तीन प्रतिशत र २.५० प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा लगेर पैसा राखिरहेका छन्।
अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग ८२ खर्ब ८२ अर्ब रूपैयाँ निक्षेप संकलन छ भने यसमध्ये ५९ खर्ब ३५ अर्ब कर्जा लगानी गरेका छन्। मासिक रुपमा दुई खर्बभन्दा बढी रेमिटेन्स भित्रिरहेकोले पनि बैंकहरूमा निक्षेप बढेको हो।
बैंकहरूले सार्वजनिक गरेको ब्याजदर :
| बैंक |
असारको ब्याजदर % |
साउनको ब्याजदर % |
| एनआईसी एसिया |
४ |
४ |
| माछापुच्छ्रे |
४.५ |
४.५ |
| ग्लोबल आईएमई |
४.५ |
४ |
| प्राइम कमर्सियल |
४ |
४ |
| हिमालयन |
४ |
४ |
| एनएमबी |
४.७५ |
४.५ |
| एभरेस्ट |
४.०५ |
४.०५ |
| सानिमा |
४.५ |
४.५ |
| राष्ट्रिय वाणिज्य |
४.७५ |
४.५ |
| नबिल |
४.५५ |
४.५५ |
| सिद्धार्थ |
४.०५ |
४.०५ |
| सिटिजन्स |
४.१ |
३.९५ |
| नेपाल |
४.२५ |
४.२५ |
| प्रभु |
४.५५ |
४.५५ |
| नेपाल एसबीआई |
४.१ |
४.१ |
| इन्भेस्टमेन्ट मेगा |
४.५ |
४.५ |
| कुमारी |
३.९१ |
३.८५ |
| कृषि विकास |
४.१५ |
४.१५ |
| स्टान्डर्ड चार्टड |
३.९५ |
३.८५ |
| लक्ष्मी सनराइज |
४ |
४ |
| औसत |
४.२५ |
४.१६ |