बिहीबार पनि नेप्से परिसूचक बढेको छ।
यसदिन नेप्से ७.५० अंकले बढेर २५९७.८० विन्दुमा बन्द भएको छ।
बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
बुधबार ४ अर्ब १७ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ४ अर्ब ५६ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३७१ वटा धितोपत्रको ९४ लाख ६९ हजार ९९ कित्ता सेयर किनबेच भएको हो।
आज १२१ कम्पनीको सेयरमूल्य बढेको छ भने १५१ वटाको घटेको छ। यस्तै ३ कम्पनी स्थिर छन्।
बिहीबार एनआइबिएल ग्रोथ फण्डको मूल्य सर्वाधिक १४.९६ प्रतिशतले बढेको छ।
उक्त याजनाको मूल्य १० रूपैयाँ ९१ पैसा पुगेको छ।
यस्तै, फर्स्ट माइक्रोफाइनान्सको मूल्य १४.६७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ८६० रूपैयाँ कायम भएको छ।
यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंककोे मूल्य सर्वाधिक ८.७७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ५९६ रूपैयाँमा ५० पैसामा झरेको छ।
यसैगरी, एनआइसी एसिया फेक्सी क्याप फण्डको मूल्य ४.५३ प्रतिशतले घटेर इकाइ मूल्य ९ रूपैयाँ ०६ पैसामा सीमित भएको छ।
बिहीबार सिंगटी हाइड्रो इनर्जीको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ३०२ रूपैयाँ ९० पैसामा २४ करोड ७४ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.३४ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा ८.५% सानिमा डिबेन्चर २०८७ रहेको छ।
उक्त डिबेन्चरको एक हजार १५० रूपैयाँमा २३ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक घटेको छ भने बाँकी नौ समूहको परिसूचक बढेको छ।
यसमध्ये म्युचुअल फण्ड समूहको परिसूचक सर्वाधिक १.६६ प्रतिशतले बढेको छ।