शुक्रबार नेप्से परिसूचक उच्च अंकले बढेको छ।
नेप्से ७९.७४ अंकले बढेर २६७७.५४ विन्दुमा बन्द भएको छ।
शुक्रबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
बिहीबार ४ अर्ब ५६ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ४ अर्ब ५७ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३३५ वटा धितोपत्रको एक करोड ३ लाख ८९ हजार ७७ कित्ता सेयर किनबेच भएको हो।
आज २५९ कम्पनीको सेयरमूल्य बढेको छ भने १३ वटाको घटेको छ। यस्तै दुई कम्पनी स्थिर छन्।
शुक्रबार श्रीनगर एग्रिटेकको मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको मूल्य ९६३ रूपैयाँ ७० पैसा पुगेको छ।
यस्तै, सूर्यकुण्ड हाइड्रोको मूल्य १४.८३ प्रतिशतले बढेर प्रति कित्ता मूल्य एक हजार ४ रूपैयाँ कायम भएको छ।
यसैगरी, आत्मनिर्भर लघुवित्तको मूल्य सर्वाधिक १५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६ हजार १२० रूपैयाँमा झरेको छ।
यसैगरी, फर्स्ट माइक्रोफाइनान्सको मूल्य ८.७२ प्रतिशतले घटेर कित्ता मूल्य ७८५ रूपैयाँमा सीमित भएको छ।
शुक्रबार आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ३६३ रूपैयाँमा २२ करोड २३ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ७.७२ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ।
उक्त कम्पनीको एक हजार ५३० रूपैयाँमा १७ करोड ७३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी १२ समूहको परिसूचक बढेको छ।
यसमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ४.६० प्रतिशतले बढेको छ।