सोमबार पनि नेप्से परिसूचक उच्च अंकले बढेको छ।
शुक्रबार ७९.७४ सोमबार ४१.७० अंक गरी यो दुई दिनमा नप्से १२१.४४ अंक बढेको छ।
नेप्से २७१९.२४ विन्दुमा बन्द भएको छ।
सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
शुक्रबार ४ अर्ब ५७ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ५ अर्ब ५० करोड रूपैयाँ पुगेको छ।
यसदिन ३४३ वटा धितोपत्रको एक करोड २२ लाख ३१ हजार ५६६ कित्ता सेयर किनबेच भएको हो।
आज २३८ कम्पनीको सेयरमूल्य बढेको छ भने ३२ वटाको घटेको छ। यस्तै ६ कम्पनी स्थिर छन्।
सोमबार एभरेस्ट कलरको मूल्य सर्वाधिक १४.९७ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको मूल्य ३७२ रूपैयाँ ४० पैसा पुगेको छ।
यस्तै, रिज लाइन इनर्जीको मूल्य १४.६४ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ९१६ रूपैयाँ कायम भएको छ।
यसैगरी, आत्मनिर्भर लघुवित्तको मूल्य सर्वाधिक ६.८६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५ हजार सात सय रूपैयाँमा झरेको छ।
यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ६.८५ प्रतिशतले घटेर कित्ता मूल्य एक हजार ४२५ रूपैयाँ २० पैसामा सीमित भएको छ।
सोमबार आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ३७४ रूपैयाँ ४० पैसामा २९ करोड १५ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.१४ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ।
उक्त कम्पनीको तीन हजार ४७० रूपैयाँमा २४ करोड ३२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी १२ समूहको परिसूचक बढेको छ।
यसमध्ये अन्य समूहको परिसूचक सर्वाधिक २.८१ प्रतिशतले बढेको छ।