सरकारको सक्रियतासँगै उच्च दरमा बढिरहेको सेयर बजार स्वभाविक लयमा आउन थालेको छ।
सरकार बनेसँगै बजार उच्चले घटेपछि प्रधानमन्त्री बालेन्द्र शाहले नै बजार सम्बद्ध पक्षहरूसँग भेटघाट बढाएका थिए।
यससँगै दुई दिनमा नेप्सेले १२१ अंक जोडेको थियो।
मंगलबार भने सेयर बजार परिसूचक नेप्से सीमान्तदरमा बढेको छ। यस दिन नेप्से अघिल्लो दिनकोभन्दा ७.२५ अंकले बढेर २७२६.४९ विन्दुमा पुगेको छ।
मंगलबार दिनभर बजार उच्च दबाबमा रह्यो। केही समयअघि लगानी गरेकाहरूले नाफा सुरक्षित गर्ने क्रम पनि बढाएका छन्। यसले कारोबार रकम पनि बढेको हो।
यसदिन बजारमा कुल ६ अर्ब ६७ करोड रूपैयाँको धितोपत्र तथा ऋणपत्र लगायतका उपकरणको कारोबार भएको हो।
त्यस्तै, ३४३ वटा धितोपत्र तथा ऋणपत्रको कारोबार भएकोमा १९१ वटाको मूल्य बढेको छ। १९८ वटाको मूल्य घटेको छ।
एभरेष्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै १४.९८ प्रतिशतले बढेर ४२८ रूपैयाँ पुगेको छ। केही ऋणपत्रको मूल्य सबैभन्दा धेरै ७.४४ प्रतिशतले घटेको हो।
सात प्रतिशत ब्याजदर रहेको नबिल बैंकको २०८९ को मूल्य यसरी घटेर एक हजार ५७ रूपैयाँमा कारोबार भएको हो।
रिडी पावरको सबैभन्दा धेरै ५५ करोड रूपैयाँको सेयर कारोबार भएको छ।