बुधबार नेप्से परिसूचक घटेको छ।
नेप्से १३.९५ अंकले घटेर २७१२.५४ विन्दुमा बन्द भएको छ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
मंगलबार ६ अर्ब ६७ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ५ अर्ब १८ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३४६ वटा धितोपत्रको एक करोड १३ लाख ६२ हजार ४६५ कित्ता सेयर किनबेच भएको हो।
आज ७७ कम्पनीको सेयरमूल्य बढेको छ भने १९३ वटाको घटेको छ। यस्तै ७ कम्पनी स्थिर छन्।
बुधबार एभरेस्ट कलरको मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको मूल्य ४९२ रूपैयाँ ४० पैसा पुगेको छ।
यस्तै, बुंगल हाइड्रोको मूल्य १०.५० प्रतिशतले बढेर प्रति कित्ता मूल्य ७०५ रूपैयाँ कायम भएको छ।
यसैगरी, ९.५ प्रतिशत एनसिसी डिबेन्चर २०८६ को मूल्य सर्वाधिक ७.१६ प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार २०६ रूपैयाँमा झरेको छ।
यसैगरी, ८.५ प्रतिशत नेपाल इन्भेस्टमेन्ट डिबेन्चर २०८४ को मूल्य ५.६३ प्रतिशतले घटेर कित्ता मूल्य एक हजार ४० रूपैयाँमा सीमित भएको छ।
बुधबार रिडी पावरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ३८६ रूपैयाँमा ४२ करोड ३० लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.८७ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ।
उक्त कम्पनीको एक हजार ५१९ रूपैयाँमा २८ करोड १० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त र उत्पादन तथा प्रशोेधन समूहको परिसूचक बढेको छ भने बाँकी ११ समूहको परिसूचक घटेको छ।
यसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक २.६० प्रतिशतले घटेको छ।