बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
नेप्से १४.१७ अंकले बढेर २७२६.७२ विन्दुमा बन्द भएको छ।
नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
बुधबार ५ अर्ब १८ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ४ अर्ब ६९ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३३८ वटा धितोपत्रको एक करोड ७७ हजार २२२ कित्ता सेयर किनबेच भएको हो।
आज १५३ कम्पनीको सेयरमूल्य बढेको छ भने १११ वटाको घटेको छ। यस्तै १२ कम्पनी स्थिर छन्।
बिहीबार एभरेस्ट कलरको मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको मूल्य ५६६ रूपैयाँ २० पैसा पुगेको छ।
यस्तै, स्नो रिभर्सको मूल्य १३.७१ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ९९५ रूपैयाँ कायम भएको छ।
यसैगरी, कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य सर्वाधिक १५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ४५ रूपैयाँ ५० पैसामा झरेको छ।
यसैगरी, बुंगल हाइड्रोको मूल्य ९.९३ प्रतिशतले घटेर कित्ता मूल्य ६३५ रूपैयाँमा सीमित भएको छ।
बिहीबार रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता तीन हजार ५१६ रूपैयाँमा २८ करोड ३३ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ४.४८ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा आँखुखोला जलविद्युत रहेको छ।
उक्त कम्पनीको ३८६ रूपैयाँ ५० पैसामा २७ करोड ५२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लगानी र अन्य समूहको परिसूचक घटेको छ भने बाँकी ११ समूहको परिसूचक बढेको छ।
यसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक २.५८ प्रतिशतले बढेको छ।