एनएमबी बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक वित्तीय विवरणअनुसार पहिलोपटक बैंकको वार्षिक खुद नाफा ४ अर्ब रूपैयाँ नाघेको छ।
बैंकका अनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको २ अर्ब ८५ करोड रूपैयाँको तुलनामा ४०.६ प्रतिशतले वृद्धि भई ४ अर्ब १ करोड रूपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य नाफा १ अर्ब ८७ करोड रूपैयाँ रहेको छ भने प्रति सेयर वितरणयोग्य आम्दानी ९.०८ प्रतिशत कायम भएको छ।
प्रभावकारी वासलात व्यवस्थापनका कारण बैंकको खुद ब्याज आम्दानी १७.५ प्रतिशतले बढेर ९ अर्ब ४२ करोड रूपैयाँ पुगेको छ।
डिजिटल तथा ट्रान्ज्याक्सन बैंकिङ कारोबार विस्तारसँगै शुल्क तथा कमिसन आम्दानी १६.६ प्रतिशतले वृद्धि भएर २ अर्ब ८३ करोड रूपैयाँ पुगेको बैंकले जनाएको छ।
यस्तै, ट्रेजरी तथा वैदेशिक मुद्रा कारोबारमा भएको सुधारका कारण खुद ट्रेडिङ आम्दानी ८९ प्रतिशतले बढेर ६८ करोड १४ लाख रूपैयाँ पुगेको छ।