कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८२-८३ को नाफाबाट लाभांश क्षमता अनुसार नै १५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले यस्तो घोषणा गरेको हो।
बैंकको वितरणयोग्य मुनाफाका आधारमा साधारण सेयरधनीलाई हाल कायम चुक्ता साधारण सेयर पुँजीको १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने सञ्चालक समितिले निर्णय गरेको हो।
बैंकको लाभांश क्षमता १५.१६ प्रतिशत रहेकाले सोही हाराहारीमा लाभांश घोषणा गरिएको हो।
त्यसैगरी, अग्राधिकार सेयरधनीलाई बाँडफाँट भएको मितिदेखि असार मसान्तसम्मका लागि ९ प्रतिशतका दरले ब्याज दिने निर्णय पनि गरिएको छ।
यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत हुन र बैंकको वार्षिक साधारणसभाबाट पारित हुन बाँकी छ।