एभरेस्ट बैंकले आफ्नो सेवा विस्तारको क्रममा सोमबार लुम्बिनी प्रदेशको पाल्पा जिल्ला अन्तर्गत तानसेन–७, लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
यस काउन्टरको विस्तारसँगै बैंकको एक्सटेन्सन काउण्टर संख्या ५ पुगेको छ।
उक्त स्थानमा बैंकको काउन्टरको स्थापनासँगै पाल्पा बासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिनसक्ने विश्वास बैंकले लिएको छ।