नेपाल राष्ट्र बैंकको दोस्रो डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त भएका छन्।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले रावललाई नियुक्त गरेको हो।
रावल यसअघि सम्पत्ति शुद्धीकरण हेर्ने राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा कार्यरत थिए। पछिल्लो समय भने उनी बैंकिङ सुपरिवेक्षण विभागमा छन्।
पहिलो डेपुटी गभर्नर नियुक्त गरेको चार महिनापछि रावललाई नियुक्त गरिएको हो। चार महिनाअघि समयमा किरण पण्डित डेपुटी गभर्नरका रूपमा नियुक्त भएका थिए।
राष्ट्र बैंकमा हाल दुई जना डेपुटी गभर्नर नियुक्त हुनुपर्ने प्रावधान छ। य सपटक सरकारले केही समयको अन्तरालमा डेपुटी गभर्नरहरू नियुक्त गरेको हो।