सोमबार पनि नेप्से परिसूचक घटेको छ।
नेप्से १९.१३ अंकले घटेर २५९९.५८ विन्दुमा बन्द भएको हो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
शुक्रबार ४ अर्ब १६ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ३ अर्ब २३ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३५० वटा धितोपत्रको ८५ लाख ७२ हजार ९७० कित्ता सेयर किनबेच भएको हो।
सोमबार ४७ कम्पनीको सेयर मूल्य बढेको छ भने २२९ वटाको घटेको छ। यस्तै, दुई कम्पनी स्थिर छन्।
सर्वोत्तम पेन्ट्सको मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९१७ रूपैयाँ २० पैसा पुगेको छ।
यस्तै, धैलागिरी लघुवित्तको मूल्य ११.९८ प्रतिशतले बढेर प्रति कित्ता मूल्य एक हजार १५० रूपैयाँ कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा पन्चकन्या माई हाइड्रोपावर रहेको छ।
उक्त कम्पनीको मूल्य ९.८३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३११ रूपैयाँ ९० पैसामा झरेको छ
यसैगरी, विन नेपाल लघुवित्तको मूल्य ८.६७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार १६९ रूपैयाँमा सीमित भएको छ।
सोमबार रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको दुई हजार ७२८ रूपैयाँमा १२ करोड ७२ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.६९ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सोलु हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको ६७८ रूपैयाँ ९० पैसामा ११ करोड ८८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घटेको छ।
यसमध्ये जलविद्युत समूहको परिसूचक सर्वाधिक १.१९ प्रतिशतले घटेको छ।