बुधबार नेप्से परिसूचक उच्च अंकले घटेको छ।
नेप्से ३५.९२ अंकले घटेर २५५८.३५ विन्दुमा बन्द भएको हो।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
मंगलबार ४ अर्ब १० करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब ७७ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३४८ वटा धितोपत्रको एक करोड ३५ लाख ८२ हजार ३२० कित्ता सेयर किनबेच भएको हो।
बुधबार २३ कम्पनीको सेयर मूल्य बढेको छ भने २५२ वटाको घटेको छ। यस्तै, तीन कम्पनी स्थिर छन्।
सर्वोत्तम पेन्ट्सको मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २१२ रूपैयाँ ९० पैसा पुगेको छ।
यस्तै, अपर हेवाखोला हाइड्रोपावरको मूल्य १०.४३ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ६६७ रूपैयाँ कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा रसुवागढी हाइड्रोपावर रहेको छ।
उक्त कम्पनीको मूल्य १५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २०५ रूपैयाँ २० पैसामा झरेको छ
यसैगरी, मैलुङ खोला जलविद्युतको मूल्य १४.९९ प्रतिशतले घटेर कित्ता मूल्य ३५२ रूपैयाँ ३० पैसामा सीमित भएको छ।
बुधबार चिलिमे हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ४२७ रूपैयाँमा २० करोड ५६ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १०.१२ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सानिमा मिडिल तमोर हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको ४३२ रूपैयाँमा १९ करोड ३२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसमध्ये निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ३.९० प्रतिशतले घटेको छ।