राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८२-८३ (साउनदेखि असार) मा औसत मूल्य वृद्धि ४.२७ प्रतिशत छ।
गत आर्थिक वर्षमा मूल्य वृद्धि वार्षिक औसत पाँच प्रतिशतको सीमाभित्र राख्ने राष्ट्र बैंकको लक्ष्य थियो।
आर्थिक वर्ष २०८१-८२ मा औसत मूल्य वृद्धि ३.८४ प्रतिशत थियो।
गत आर्थिक वर्ष २०८२-८३ मा सबैभन्दा धेरै मूल्य वृद्धि जेठमा भयो। सो समय ८.४७ प्रतिशतसम्म महंगी बढेको देखिन्छ। गत भदौमा सबैभन्दा कम १.३२ प्रतिशत मूल्य वृद्धि दर रह्यो।
गत वर्ष घ्यु तेलमा सबैभन्दा धेरै १०.०५ प्रतिशत, फलफुलमा ७.०९ प्रतिशत, गै मदिरालगायतका पद्धार्थमा ३.२८ प्रतिशतले मूल्य वृद्धि भएको छ।
तरकारीमा ३.९५ प्रतिशत, मरमसला ३.६६ प्रतिशत, दाल तथा गेडागुडीको ३.४१ प्रतिशतले मूल्य घटेको छ।
गैर–खाद्य तथा सेवा अन्तर्गत विविध वस्तु तथा सेवामा १७.६१ प्रतिशत, शिक्षा ७.०४ प्रतिशत, यातायात ५.८० प्रतिशत र कपडाजन्य तथा जुत्ताचप्पलमा ५.५६ प्रतिशतले बढेको छ। बीमा र वित्तीय सेवामा ०.०१ प्रतिशतले घटेको छ।