बिहीबार नेप्से परिसूचक झिनो अंकले घटेको छ।
नेप्से १.०४ अंकले घटेर २५५७.३१ विन्दुमा बन्द भएको हो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
बुधबार ४ अर्ब ७७ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ३ अर्ब ७८ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३४८ वटा धितोपत्रको एक करोड ६ लाख २६ हजार ३७० कित्ता सेयर किनबेच भएको हो।
बिहीबार १४६ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ वटाको घटेको छ। यस्तै, १५ कम्पनी स्थिर छन्।
सर्वोत्तम पेन्ट्सको मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३९४ रूपैयाँ ८० पैसा पुगेको छ।
यस्तै, घोराही सिमेन्टको मूल्य ८.१९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३७० रूपैयाँ कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा अपर हेवाखोला हाइड्रोपावर रहेको छ।
उक्त कम्पनीको मूल्य ९.४५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६०४ रूपैयाँमा झरेको छ
यसैगरी, त्रिशूली जलविद्युतको मूल्य ९.२३ प्रतिशतले घटेर कित्ता मूल्य ३५४ रूपैयाँमा सीमित भएको छ।
बिहीबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ६५० रूपैयाँमा २१ करोड ७५ लाख रूपैयाँको कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नेपाल एसबिआई बैंक रहेको छ। उक्त कम्पनीको ४०० रूपैयाँमा १६ करोड ६६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ भने बाँकीको बढेको छ।
यसमध्ये म्युचुअल फण्ड समूहको परिसूचक सर्वाधिक ३.१२ प्रतिशतले घटेको छ।