नेपाल राष्ट्र बैंकले हालैको बाढी तथा डुबानबाट प्रभावित नागरिकलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा डिजिटल माध्यमबाट रकम पठाउँदा लागू हुने अधिकतम कारोबार सीमा हटाएको छ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै मोबाइल बैंकिङ, वेब एप्लिकेशन तथा ई-मनीको माध्यमबाट ती कोषमा रकम पठाउँदा कारोबार सीमासम्बन्धी व्यवस्था लागू नहुने जनाएको हो।
हालै आएको बाढी तथा डुबानबाट प्रभावित नागरिकको व्यवस्थापनका लागि सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत आर्थिक सहयोग परिचालन गरिरहेको सन्दर्भमा यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।