सानिमा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूको लागि लाभांश वितरण गर्ने निर्णय गरेको छ।
बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८२/८३ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।
यस्तै, बैंकको सोही सञ्चालक समितिको बैठकले ८.२५ प्रतिशत अग्राधिकार सेयर पनि वितरण गर्ने निर्णय गरेको छ।
हाल कम्पनीको चुक्तापुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रूपैयाँ छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ।