सोमबार नेप्से परिसूचक उच्च अंकले घटेको छ।
नेप्से ४३.८९ अंकले घटेर २५१३.४२ विन्दुमा बन्द भएको छ।
सोमबार नेप्से परिसूचक घटेसॅंगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
शुक्रबार तीन अर्ब ७८ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर तीन अर्ब ६४ करोड रूपैयाँ पुगेको छ।
यस दिन ३४७ वटा धितोपत्रको ९३ लाख २२ हजार १८५ कित्ता सेयर किनबेच भएको हो।
आज २१ कम्पनीको सेयरमूल्य बढेको छ भने २५३ वटाको घटेको छ। यस्तै ४ कम्पनी स्थिर छन्।
सोमबार उपकार लघुवित्तको सेयर मूल्य सर्वाधिक १३.१६ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको मूल्य दुई हजार ७२५ रूपैयाँ पुगेको छ।
यस्तै, घोराही सिमेन्टको मूल्य ७.५७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३९८ रूपैयाँ कायम भएको छ।
यसैगरी, मैलुङ खोलाको सेयर मूल्य सर्वाधिक १४.९८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २७६ रूपैयाँ ३० पैसामा झरेको छ।
सोमबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ६६४ रूपैयाँमा २६ करोड ३८ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.१५ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सर्वोत्तम पेन्टस् रहेको छ। उक्त कम्पनीको एक हजार २७६ रूपैयाँमा १५ करोड ९१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको छ भने बाँकी १२ समूहको घटेको छ।
यसमध्ये निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ५.०३ प्रतिशतले घटेको छ।