रसुवा बाढीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर गत भदौ १३ गते २९ जनाले एकआपसमा बाडेपछि प्रहरीले तिनीहरूलाई पक्राउ नै गर्यो।
सांसद आशिका तामाङले घटनाको जानकारी सामाजिक सञ्जालमा हाल्दै यस्तो खबर फैलाएकी थिइन्।
गल्छी गाउँपालिका ४ बेल्खुखोला स्थित त्रिशूली नदी किनारमा फेला यस्तो भल्ट फेला पारेर ती स्थानीयले आफू-आफूमा बाडेको घटना बाहिरिएसँगै प्रहरीले पक्राउ गरेको हो।
उनीहरूलाई चोरी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
सो भल्ट कुन बैंकको रहेको र कुल कति रकम थियो भनेर प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रूपैयाँ नगद फेला पारेको थियो।
त्यसको केही दिनपछि भने कृषि विकास बैंकको दुई वटा भल्ट भेटाएको थियो।
ती भल्टमा एक करोड ५० लाख र ५० करोड रूपैयाँ बराबरको सुनका गरगहना फेला परेका थिए।
त्यसयता, अन्य भल्ट फोला परेको जानकारी नआएको प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहालले बताए।
नेपाल बैंकर्स एसोसिएसनका अनुसार क्षति पुगेका नुवाकोट र रसुवा जिल्लाका वाणिज्य बैंकहरूको १७ वटा शाखामा रहेको भल्टमा १७ करोड २४ लाख रूपैयाँ, काउन्टरमा एक करोड १७ लाख रूपैयाँ थियो।
संघको तथ्यांक अनुसार कृषि विकास बैंकको शाखामा एक करोड ७१ लाख,सिटिजन्समा एक करोड नौ लाख, ग्लोबल आइएमईमा ६९ लाख, हिमालयन बैंकमा दुई करोड ५६ लाख रूपैयाँ भल्टमा थियो।
नेपाल इन्भेष्टमेन्ट मेगाका विभिन्न शाखाको भल्टमा तीन करोड ५४ लाख, प्रभु बैंककोमा दुई करोड ५४ लाख, एनआइसी एसिया बैंकको भल्टमा दुई करोड ५० लाख, लक्ष्मी सनराइज बैंकको भल्टमा ७५ लाख,माछापुच्छ्रे बैंकमा ७५ लाख, नबिल बैंकमा ३० लाख, एनएमबी बैंकमा ७३ लाख र सानिमा बैंकमा ३३ लाख रूपैयाँ थियो।
बैंकहरूमा राखिने भल्ट सामान्यतया जहाँ पायो, त्यहीँ बन्दैन।
बैंकरहरूका अनुसार धेरै पहिलेदेखि नै नेपालका बैंकमा प्राय गोदरेज कम्पनीले बनाएका भल्ट प्रयोग गरिन्थे।
बैंकमा प्रयोग हुने भल्ट एकाध घण्टा लाग्ने आगोले समेत नबिगार्ने मानिन्छ।
नेपालमा पोदरेज कम्पनीले समेत भल्ट बनाएर बेच्छ। यस्ता भल्टको मूल्य आकार अनुसार फरक पर्छ।
प्रायः यस्ता भल्ट २ फिट २ इन्चदेखि ६२ इन्चसम्मका हुन्छन्।
र, लामो समयसम्म आगोले नजल्ने (फायर प्रुफ) वा आगो सहने (फायर रेसिस्टेन्स) दुई फरक क्षमताका भल्ट पाइन्छन्।
यस्ता भल्टको मूल्य ५० हजारदेखि २–३ लाख रूपैयाँसम्म पर्ने गरेको छ।