मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच सम्झौता भएको छ।
मुक्तिनाथ विकास बैंक र नेपाल अधिराज्य भरी सामान ढुवानी सेवा प्रदान गरिरहेको व्यवसायीहरूको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालबीच महासंघमा आबद्ध सदस्यहरूको व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने कुनै पनि ब्रान्डको गाडी खरिद गर्न र व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने व्यवसायिक कर्जा लगानी गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र महासंघको तर्फबाट अध्यक्ष माधव प्रसाद नेपालले हस्ताक्षर गरे।
सम्झौता अनुसार महासंघमा आवद्ध सदस्यहरूले ढुवानीको लागि आवश्यक पर्ने गाडी खरिद गर्न र सो सम्बन्धी व्यवसाय सञ्चालनको लागि बैंकले आफ्नो १७६ वटै शाखा कार्यालयबाट आकर्षक सहुलियत व्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने छ।
यस सहकार्यबाट ढुवानी व्यवसायीहरुले आफनो सेवा विस्तारको लागि सहजरुपमा वित्तीय सेवा प्राप्त गर्न सक्ने तथा व्यवसाय विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
साथै बैंकले हाल अटो कर्जा, कृषि र एसएमई कर्जामा समेत न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्ने विशेष अफर ल्याएको छ।