ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
जसमध्ये ४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।