बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
नेप्से १५.४४ अंकले बढेर २५३८.११ विन्दुमा बन्द भएको हो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही बढेको छ।
सोमबार २ अर्ब ९० करोड रूपैयाँको कारोबार भएकोमा यसदिन २ अर्ब ९४ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३५४ वटा धितोपत्रको ७२ लाख ६८ हजार २०२ कित्ता सेयर किनबेच भएको हो।
बुधबार १९३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७५ वटाको घटेको छ। यस्तै, १० कम्पनी स्थिर छन्।
उपकार लघुवित्तको मूल्य सर्वाधिक ११.८७ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार ७९० रूपैयाँ पुगेको छ।
यस्तै, माथिल्लो मैलुङ खोला जलविद्युतको मूल्य १०.२३ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३८१ रूपैयाँ ४० पैसा कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा एनएमबी इनर्जी बन्ड रहेको छ।
उक्त कम्पनीको मूल्य ५.८१ प्रतिशतले घटेर प्रति बन्ड मूल्य ९४१ रूपैयाँमा झरेको छ
यसैगरी, आरबिबी म्युचुअल फण्ड २ को मूल्य ४.३३ प्रतिशतले घटेर इकाइ मूल्य ९ रूपैयाँ २८ पैसामा सीमित भएको छ।
बुधबार सानिमा मिडिल तमोर हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ५०४ रूपैयाँमा १४ करोड १७ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.८२ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ। उक्त कम्पनीको एक हजार ४१० रूपैयाँमा १२ करोड ६४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड र निर्जीवन बीमा समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको बढेको छ।