बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
नेप्से ४.६६ अंकले बढेर २५४२.७७ विन्दुमा बन्द भएको हो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
बुधबार २ अर्ब ९४ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ३ अर्ब ४६ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३४६ वटा धितोपत्रको एक करोड २१ लाख ६३ हजार ७६३ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार १४५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२३ वटाको घटेको छ। यस्तै, १० कम्पनी स्थिर छन्।
विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक ८.७६ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ५५ रूपैयाँ पुगेको छ।
यस्तै, चिरख्वा हाइड्रोपावरको मूल्य ८.५६ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ६१५ रूपैयाँ कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा पियोर इनर्जी रहेको छ।
उक्त कम्पनीको मूल्य १३.३३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६६२ रूपैयाँमा झरेको छ
यसैगरी, आत्मनिर्भर लघुवित्तको मूल्य ६.१० प्रतिशतले घटेर इकाइ कित्ता पाँच हजार २३ रूपैयाँ ५० पैसामा सीमित भएको छ।
बिहीबार रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको दुई हजार ८३० रूपैयाँमा ४० करोड ९० लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ५.०१ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सानिमा मिडिल तमोर हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको ५०३ रूपैयाँमा १३ करोड ३२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ४ समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको बढेको छ।
यसमध्ये लगानी समूहको परिसूचक सर्वाधिक १.२६ प्रतिशतले बढेको छ।