नबिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूका लाभांश दिने घोषणा गरेको छ।
बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले १५.८० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
जसमध्ये ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश रहेको छ।
यस्तै, बैंकले अग्राधिकार सेयरतर्फ ८ प्रतिशत लाभांश दिने प्रस्ताव समेत गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।