दुग्ध विकास संस्थान (डिडिसी)ले घिउ निर्यात सुरू गरेको छ।
डिडिसीले पहिलोपटक ५ सय किलो घिउ दुबई पठाउन लागेको हो।
डिडिसी प्रतिनिधिका अनुसार शुक्रबार (आज साँझको फ्लाइटमा) ५ सय किलो घिउ दुबई पठाइँदैछ। यो डिडिसीको घिउको पहिलो निर्यात हो।
डिडिसी र रातो तथा चन्द्र-सूर्य इन्टरनेसनलबीच वर्षमा न्यूनतम ५० हजार किलो घिउ निर्यात गर्नेगरी सम्झौता गरेको थियो।
सम्झौताअनुसार सुरुमा दुबईबाट निर्यात थालिएको डिडिसी प्रतिनिधीले बताएका छन्।
पहिलो चरणमा पठाइएको घिउ दुबईमा बिक्री गरिने र त्यसबाट आउने बजार प्रतिक्रियाका आधारमा थप घिउ पठाइने बताइएको छ।
दुबईमा माग बढेमा निर्यातको परिमाण पनि बढाइनेछ।
कम्पनीले दुबईलाई केन्द्र बनाएर पश्चिम एसियाली बजारमा घिउको निर्यात विस्तार गर्ने तयारी गरेको छ।हाल घिउ मात्रै निर्यात गर्न लागिएको हो।