बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेटमा ३७ अर्ब बढी राजस्व उठाउने लक्ष्य निर्धारण गरेको छ।
प्रदेश सरकारको आफ्नै विभिन्न स्रोतबाट मात्र ५१ अर्ब ६१ करोड रुपैयाँको स्रोत देखाइएकोमा १२ अर्ब ७६ करोड बढी अघिल्लो वर्षको नगद मौज्दात र करिब एक अर्ब रुपैयाँ लगानी फिर्ताको अनुमान हो।
यसबाहेक ३७ अर्ब रुपैयाँ संघीय सरकार वा स्थानीय सरकारसँगको बाँडफाँटबाट प्राप्त हुने राजस्व रहने अनुमान गरिएको छ। बाँकी १५ अर्ब ३१ करोड ४८ लाख रुपैयाँ संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणको रकम हो।
प्रदेश सरकारले कुन शीर्षकबाट कति राजस्व उठाउने लक्ष्य राखेको छ, कुन-कुन शीर्षकमा उल्लेखनीय रूपमा कर तथा शुल्क बढाएको छ र कहाँ घटायो भनेर चर्चा गरौं—
बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र, जग्गाधनी पुर्जा, जग्गा नामसारी, सवारी सनाखत शुल्क, शैक्षिक परामर्श सेवा लगायतमा उल्लेखनीय रूपमा दस्तुर बढाएको छ।
सवारी चालक अनुमतिपत्र आवेदन दस्तुर साविकको ५०० बाट बढाएर एक हजार रुपैयाँ पुर्याइएको छ।
नवीकरण शुल्क वर्ग ‘क’ (मोटरसाइकल) का लागि एक हजार ५०० बाट दोब्बर बढाएर तीन हजार रुपैयाँ पुर्याइएको छ।
कार/जिपको नवीकरण दस्तुर पनि दुई हजारबाट दोब्बर बढाएर चार हजार रुपैयाँ पुर्याइएको छ।
सवारी सनाखत दस्तुर पनि बढाइएको छ। मोटरसाइकलको हकमा ७०० बाट बढाएर एक हजार रुपैयाँ र ठूला सवारीको हकमा एक हजार ५०० बाट बढाएर दुई हजार रुपैयाँ पुर्याइएको छ।
जग्गा नामसारी शुल्क पनि अत्यधिक बढाइएको छ। साविकमा तीन पुस्ताभित्र जग्गा नामसारी शुल्क (प्रति मिसिल) दुई हजार ५०० रुपैयाँ थियो।
थैली अङ्कका आधारमा तीन हजार ५०० रुपैयाँदेखि १० हजार रुपैयाँसम्म पुर्याइएको छ।
तीन पुस्ताबाहिरको हकमा यो शुल्क २० हजार रुपैयाँसम्म पुर्याइएको छ। महानगरपालिका र नगरपालिकामा जग्गाधनी पुर्जाको प्रतिलिपि शुल्क पनि बढाइएको छ।
महानगरपालिकामा ५०० बाट बढाएर एक हजार रुपैयाँ र नगरपालिकामा ३०० बाट बढाएर ८०० रुपैयाँ पुर्याइएको हो।
मनोरञ्जन कर ५० प्रतिशतले बढाइएको छ। मनोरञ्जन करअन्तर्गत यसअघि क्यासिनो प्रवेश दस्तुर प्रतिटिकट १०० रुपैयाँ रहेकोमा अब बढाएर १५० रुपैयाँ पुर्याइएको हो।
शैक्षिक परामर्श सेवामा पनि दर्ता शुल्क उल्लेखनीय रूपमा बढाइएको छ। यस्तो सेवाको दर्ता अनुमति शुल्क १० हजारबाट बढाएर २० हजार रुपैयाँ पुर्याइएको हो।
त्यस्तै, नवीकरण शुल्क पाँच हजारबाट बढाएर १० हजार रुपैयाँ पुर्याइएको छ।
सामाजिक न्याय र उद्योग प्रवर्द्धनका लागि कर छुट
युवा स्वरोजगारलाई प्रोत्साहन गर्न व्यावसायिक फर्म दर्ता तथा नवीकरण शुल्क ५० प्रतिशतले घटाइएको छ।
घरजग्गा रजिस्ट्रेसनमा महिलाको हकमा २५ देखि ३५ प्रतिशतसम्म छुट राखिएको छ।
सहिद तथा बेपत्ता परिवारको हकमा घरजग्गा रजिस्ट्रेसनमा शत प्रतिशत छुटको व्यवस्था गरिएको छ।
अपांगता भएका व्यक्ति र दलितको हकमा परिचयपत्रका आधारमा २५ प्रतिशत तथा ७० वर्षमाथिका नागरिकको हकमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।
काठमाडौं उपत्यकाबाहिर उत्पादनमूलक उद्योग खोल्न जग्गा किन्दा ५० प्रतिशत रजिस्ट्रेसन छुट दिइएको छ।
३०० भन्दा बढीलाई रोजगारी दिने सबै किसिमका उद्योगलाई पनि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
‘क’ वर्गका अपाङ्गता भएका व्यक्ति र गरिबलाई प्रदेश प्रयोगशालामा शतप्रतिशत छुट तथा मिर्गौला रोगीको नियमित परीक्षणमा ९० प्रतिशत छुट दिइएको छ।
नवीकरण नगरेका फर्महरूले २०८३ पुस मसान्तसम्म बक्यौता बुझाएमा पुरानो जरिवाना शतप्रतिशत मिनाहा गर्ने व्यवस्था बागमती प्रदेश सरकारले गरेको छ।
२० वर्ष पुराना भाडाका सवारी साधनले २०८३ पुस मसान्तसम्म लगत कट्टा गरेमा सबै जरिवाना र थप शुल्क छुट दिइने व्यवस्था गरिएको छ।
जहाँ घटाइयो
फर्म दर्ता शुल्क घटाइएको छ। तीन लाख रुपैयाँसम्म पुँजी भएका फर्मको दर्ता शुल्क तीन हजारबाट घटाएर एक हजार ५०० रुपैयाँ कायम गरिएको छ।
१० लाख रुपैयाँसम्म पुँजी भएका फर्मको शुल्क आठ हजारबाट घटाएर तीन हजार ५०० रुपैयाँ कायम गरिएको छ।
१० करोड रुपैयाँभन्दा माथिको हकमा भने ६० हजारबाट घटाएर ३० हजार रुपैयाँमा झारिएको छ।
यता स्वास्थ्यतर्फ मिर्गौला परीक्षण शुल्क ५०० बाट घटाएर ४५० रुपैयाँ कायम गरिएको छ।
कुन शीर्षकबाट कति राजस्व
|
राजस्व शीर्षक
|
आ.व. २०८१/८२ को यथार्थ
|
आ.व. २०८२/८३ को संशोधित अनुमान
|
आ.व. २०८३/८४ को लक्ष्य
|
|
१. कर राजस्व (कुल)
|
२२ अर्ब ४३ करोड
|
२६ अर्ब ७९ करोड
|
३० अर्ब १५ करोड
|
|
सम्पत्ति कर (घरजग्गा रजिस्ट्रेसन दस्तुर)
|
६ अर्ब १५ करोड
|
७ अर्ब ३७ करोड
|
८ अर्ब ८६ करोड
|
|
वस्तु तथा सेवामा आधारित कर (कुल)
|
१७ अर्ब २८ करोड
|
१९ अर्ब ४२ करोड
|
२१ अर्ब २८ करोड
|
|
मूल्य अभिवृद्धि कर (बाँडफाँडबाट प्राप्त)
|
८ अर्ब ९ करोड
|
८ अर्ब २५ करोड
|
९ अर्ब ४ करोड
|
|
अन्तः शुल्क (बाँडफाँडबाट प्राप्त)
|
२ अर्ब ८९ करोड
|
३ अर्ब २५ करोड
|
३ अर्ब ८७ करोड
|
|
सवारी साधन कर (बाँडफाँडबाट प्राप्त)
|
६ अर्ब १७ करोड
|
७ अर्ब ९० करोड
|
८ अर्ब २५ करोड
|
|
२. अन्य राजस्व (कुल)
|
४अर्ब ८७ करोड
|
६ अर्ब ६९ करोड
|
७ अर्ब ७३ करोड
|
|
सम्पत्तिबाट प्राप्त आय (भाडा र रोयल्टी)
|
एक अर्ब ६ करोड
|
एक अर्ब ४० करोड
|
२ अर्ब ४९ करोड
|
|
दहत्तर बहत्तर (प्राकृतिक स्रोत) बिक्री
|
४८ करोड ७५ लाख
|
८१ करोड ७५ लाख
|
एक अर्ब ७० करोड
|
|
वस्तु तथा सेवा बिक्रीबाट प्राप्त रकम
|
३ अर्ब ७३ करोड
|
५ अर्ब १२ करोड
|
५ अर्ब १६ करोड
|
|
प्रशासनिक सेवा शुल्क (कुल)
|
८६ करोड ७६ लाख
|
एक अर्ब २ करोड
|
एक अर्ब २१ करोड
|
|
अन्य प्रशासनिक दस्तुरहरू (कुल)
|
२ अर्ब ७४ करोड
|
३ अर्ब ६९ करोड
|
३ अर्ब ४३ करोड
|
|
चालक अनुमति पत्र र सवारी दर्ता किताब दस्तुर
|
२ अर्ब ३७ करोड
|
३ अर्ब ३७ करोड
|
२ अर्ब ८९ करोड
|