प्रतिनिधि सभाका सन्देश सहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित भएको छ।
मंगलबार राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निर्णयार्थ पेस गरेको उक्त प्रस्ताव बहुमतले पारित भएको हो।
बैठकमा उनले आर्थिक विधेयक, २०८३ पनि पेस गरे। –न्युज एजेन्सी नेपाल