तीन महिनादेखि मासिक दुई खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२–८३ को ११ महिना (साउनदेखि जेठ) सम्मको तथ्यांक अनुसार जेठमा २ खर्ब ३ अर्ब रूपैयाँ भित्रिएको छ।
वैशाखमा २ खर्ब ५७ अर्ब र चैतमा दुई खर्ब ९ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।
चालु आर्थिक वर्ष २०८२–८३ को ११ महिनामा भने कुल २१ खर्ब २० अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।
गत आर्थिक वर्ष २०८१–८२ यही अवधिमा १५ खर्ब ४१ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।
विगत साढे दुई वर्षयता निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ।
यो ११ महिनामा १० अर्ब ८९ करोड रूपैयाँ रेमिटेन्स बाहिरिएको छ। गत वर्षको यही अवधिमा ९ अर्ब ८७ करोड रूपैयाँ बाहिरिएको थियो।
यो ११ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ५.४५ प्रतिशतले घटेको छ।
गत आर्थिक वर्षको यही अवधिका ७ लाख ६० हजार जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएका थिए। यस वर्ष ७ लाख १८ हजारले यस्तो स्वीकृति लिएका छन्।
इरान र इसाराइलमा जारी द्वन्द्वको कारण केही समयअघि वैदेशिक रोजगारी प्रभावित भएकाले जानेको संख्या घटेको हो।