सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षणका लागि सूचीकृत १७१ वटा स्वास्थ्य संस्थाहरूको सूची सार्वजनिक गरेको छ।
यी संस्थाहरू सूचीकरणको निर्णय प्रधानमन्त्री शुसीला कार्कीले गरेकी हुन्। कात्तिक ३० गते निर्णय भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
मन्त्रालयले यसअघि स्वास्थ्य परीक्षण सम्बन्धी नयाँ मापदण्ड लागू गरेको थियो।
मन्त्रालयले श्रमिकहरूको स्वास्थ्य परीक्षणलाई वैज्ञानिक बनाउन डा. दिपेन्द्ररमण सिंहको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। उक्त विशेषज्ञ समितिको सिफारिसका आधारमा नयाँ मापदण्ड लागू गर्दै स्वास्थ्य परीक्षण शुल्क समेत बढाएको थियो।
भिडिओ एक्सरे, मधुमेह, फोक्सो सम्बन्धी परीक्षण, कान सुन्ने, नसुन्ने लगायत परीक्षण शीर्षक थपिएसँगै शूल्क बढेको मन्त्रालयका अधिकारीहरूले बताएका थिए।
सोही नयाँ मापदण्डअनुसार संस्थाहरू सञ्चालन भएका छन् वा छैनन् भनि मन्त्रालयले अनुगमन गरेको र मापदण्ड नपुगेका २९ संस्था पुरानो सूचीबाट हटाइएको उल्लेख छ। मन्त्रालयले २०० संस्था अनुगमन गरेको हो।
यी हुन् सूचीकृत नयाँ १७१ संस्था: