नेपाल टेलिकमले ४ हजार ९९९ रूपैयाँ प्याकेजमा वर्षभरी इन्टरनेट सेवा दिने भएको छ।
चाडपर्वलाई लक्षित गर्दै टेलिकमले यस्तो अफर ल्याएको हो।
ग्राहकले यो शुल्कमा ३० एमबिपिएसको फाइबर इन्टरनेट प्राप्त गर्नेछन्।
यो सेवा जडान गर्न ग्राहकले टेलिकमको १९८ नम्बरमा सम्पर्क गर्न सकिने बताइएको छ।