स्थानीय बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला पाँच सय रूपैयाँले घटेको हो।
बिहीबार सुन प्रतितोला २ लाख १४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने सुन प्रतितोला २ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको थियो।
त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ।
बुधबार प्रतितोला २५ सय ५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिओस ३६ सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ।