स्थानीय बजारमा सोमबार सुनको मूल्य बढको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
संघका अनुसार आइतबार प्रतितोला २ लाख १५ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको सुन सोमबार दुई लाख १५ हजार दुई सय रूपैयाँमा कारोबार भएको हो।
त्यस्तै, सोमबार चाँदीको मूल्य पनि प्रतितोला पाँच रूपैयाँले बढेको छ।
आइतबार तोलाको दुई हजार पाँच सय ७० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार दुई हजार पाँच सय ७५ रूपैयाँमा पुगेको छ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३६ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।