सोमबार सुनको भाउ स्थिर छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सुचीअनुसार सोमबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३९ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै, सोमबार चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले बढेको छ। आइतबार तीन हजार ५५ रूपैयाँ कारोबार भएको चाँदी सोमबार तीन हजार ६० रूपैयाँ पुगेको हो।
अन्तर्राष्ट्रिय बजारमा अहिले सुन प्रतिऔंस चार हजार ७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।