स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार शुक्रबार सुन प्रतितोला दुई लाख ४९ हजार सात सय रूपैयाँमा कारोबार भएको छ।
बिहीबार सुन प्रतितोला दुई लाख ५० हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ६० रूपैयाँले घटेको छ।
बिहीबार प्रतितोला तीन हजार तीन सय ४५ रूपैयाँमा कारोबार चाँदी शुक्रबार तीन हजार दुई सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार एक सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।