स्थानीय बजारमा मंगलबार सुनको मूल्य प्रतितोला पाँच हजार दुई सय रूपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार मंगलबार सुन प्रतितोला दुई लाख ४७ हजार ९ सय रूपैयाँमा कारोबार भएको छ।
सोमबार सुन प्रतितोला दुई लाख ४२ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो।
मंगलबार चाँदीको मूल्य पनि ८५ रूपैयाँले बढेको छ।
सोमबार तीन हजार एक सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार तीन हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार एक सय ४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।