स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतितोला ९ सय रूपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार बुधबार सुन प्रतितोला दुई लाख ४८ हजार ८ सय रूपैयाँमा कारोबार भएको छ।
मंगलबार सुन प्रतितोला दुई लाख ४७ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।
बुधबार चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले बढेको छ।
मंगलबार तीन हजार २ सय रूपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार तीन हजार दुई सय २० रूपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार एक सय ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।