सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेकेदारकम्पनी रमणसहित ११ कम्पनी कालोसूचीमा परेका छन्। तोकिएको अवधिभित्र निर्माण पूरा नगरेको भन्दै ११ कम्पनी कालोसूचीमा परेका हुन्।
‘सार्वजनिक निकायहरुबाट लेखी आए बमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ११ निर्माण व्यवसायी / आपूर्तिकर्ताहरूलाई देहायको अवधिसम्म कालोसूचीमा राखिएकोले उक्त निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसकने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ।
कोटेश्वरको फ्रेन्ड्स कन्स्ट्रक्सन डेढ वर्षलाई कालोसूचीमा परेको छ। रेसुङ्गा नगरपालिका–८को पन्थ/तारालक्ष्मी जेभी एक वर्षलाई कालोसूचीमा परेको छ। त्यस्तै केएम कन्स्ट्रक्सन जनकपु एबिसि निर्माण सेवा माइजोगमाइ–३ इलाम पनि एक–एक वर्षलाई कालोसूचीमा परेका छन्।
गायत्री माँ कन्स्ट्रक्सन एण्ड समरित कन्स्ट्रक्सन जेभी जनकपुर–१३, बायोप्लस मेडिको प्रा लि कुलेश्वर १४, भूमिराधा बिल्डर्स, विराटनगर महानगरपालिका–२ एक वर्षलाई कालोसूचीमा परेका छन्। गौरी पार्वती/ देव एण्ड सायर/भूमि जेभी विराटनगर, मोरङ दुई वर्षलाई कालोसूचीमा परेको छ भने रमण कन्स्ट्रक्सन ३ वर्षलाई कालोसूचीमा परेको छ।
