त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चाप कम गर्ने उद्देश्यले भक्तपुरको सूर्यविनायक नगरपालिका–१० नलिञ्चोकमा बनाइएको हेलिपोर्ट अहिले प्रयोगविहीन छ।
करिब १५ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हेलिपोर्ट गत मंसिरमै उद्घाटन भएर परीक्षण उडान समेत भइसके पनि अहिले प्रयोगविहीन अवस्थामा छ।
हवाई सुरक्षाका न्यूनतम मापदण्ड, इन्धन सुविधा र टावर नियन्त्रण प्रणालीबिना सञ्चालनमा ल्याइएको भन्दै पाइलटहरूले नै उडान गर्न अस्वीकार गरेका थिए।
त्यतिबेला ११ वटा हेलिकप्टर अपरेटर कम्पनीमा कार्यरत ४७ जना पाइलटले हेलिपोर्ट जोखिमपूर्ण रहेको बताएका थिए।
उच्च भोल्टेज प्रसारण लाइन र घना बस्तीका कारण पनि क्षेत्र प्राविधिक रूपमा असुरक्षित भनिएको छ।
वातावरणीय प्रभाव मूल्यांकन र सम्भाव्यता अध्ययनबिनै बजेट दुरुपयोग गरेको आरोपमा अख्तियारले तत्कालीन महानिर्देशक प्रदीप अधिकारी सहितलाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
त्यतिबेलाका प्रबन्धक नलबिक्रम थापा, उपप्रबन्धक समृद्धि श्रेष्ठ, परामर्शदाता गुरूदत्त अधिकारी र अभियन्त्र कन्सल्टिङ प्रालिका तत्कालीन सञ्चालक विजय थापा विरूद्ध १३ करोड ५७ लाख ४६ हजार २१३ रूपैयाँ बिगो दाबी गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
मुद्दा अहिले विचारधीन छ।
कानुनी र प्राविधिक विवादका कारण ३३ रोपनीमा फैलिएको यो राष्ट्रिय पूर्वाधार अहिले प्रयोगविहीन बनेको छ।
हेलिपोर्ट गत आर्थिक वर्ष २०७९/८० को साउन १ गतेबाट निर्माण सुरु गरेर गत मंसिर २६ गते परीक्षण उडान गरिएको थियो।
तस्बिरहरूः
-1786851722.jpg)
-1786851723.jpg)
-1786851723.jpg)
-1786851722.jpg)
-1786851722.jpg)
-1786851722.jpg)