उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको पहलपछि चीनले तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालन गर्न सहमति जनाएको छ।
चिनियाँ पक्षले नेपाली पक्षको आग्रह स्वीकार गरेसँगै दसैंको समयमा आपूर्ति व्यवस्था सहज बनाउने उद्देश्यले अक्टोबर १८ देखि २० सम्म तातोपानी नाका सञ्चालनमा आउने भएको हो।
उक्त अवधिमा नाकाबाट कार्गो ट्रकलाई मात्र आवतजावत गर्न अनुमति दिइनेछ।
दसैंका बेला अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउने उद्देश्यले नाका अस्थायी रूपमा सञ्चालनमा ल्याउन पहल गरिएको जनाइएको छ।
नाका सञ्चालन गर्ने निर्णयलाई नेपाल–चीनबीचको समन्वय र सहकार्यको परिणामका रूपमा लिइएको छ।