संसद भवनमा प्रदर्शनकारीले आगजनी गरेका छन्।
मंगलबार दिउँसो संसद भवन प्रवेश गरेका प्रदर्शनकारीहरूले भवनमा आगजनी गरेका हुन्।
‘प्रदर्शनकारी छिरेपछि सबैभन्दा पहिले कानुन आयोगको टहरामा आगो लगाए। त्यसपछि भिआइपी क्यान्टिन र संसदको सभामुखहरु बस्ने पछिल्लो साइडमा आगो लगाइएको थियो। सुरक्षाका लागि बस्ने प्रहरीको भवनहरुमा पनि प्रदर्शनकारीले आगो लगाएका हुन्।
'आगो लगाएपछि ज्यान जोगाएर म पनि बाहिर निस्केँ,’ अग्नि नियन्त्रक गिर बहादुर पुनले भने, 'भवनमा पुरै धुवाँको मुस्लो छ। प्रहरीले अश्रु ग्यास हानेपछि हामी बाहिर निस्कियौँ।'