टी-२० विश्वकप २०२६ विशेष
सन्दीप जोराका लागि समय आएको छ, मध्यक्रममा जोडदार ब्याटिङ गरेर आफूलाई प्रमाणित गर्ने।
त्यो अवसर हुनेछ, आइसिसी टी-२० विश्वकप २०२६।
भारतको मुम्बईमा नेपालले समूहका आफ्ना चार खेल खेल्दा मध्यक्रममा जोराले अवसर पाउन टोलीमा रहेका अरू ब्याटरसँग पनि प्रतिस्पर्धा गर्नुपर्नेछ।
त्यसैले उनलाई पाएको अवसर खेर फाल्ने छुट भने हुनेछैन। जोराको क्रिकेट करिअरको उतारचढाव कस्तो छ? पढ्नुहोस्-
पूरा नाम: सन्दीप जोरा
जन्म: अक्टोबर २०, २००१, महेन्द्रनगर, कञ्चनपुर
उमेर: २४ वर्ष
ब्याटिङ शैली: दाहिने हाते ब्याटर
भूमिका: मध्यक्रमका ब्याटर
टी-२० आई डेब्यू: युएई विरूद्ध नेपाल, आईसीसीए दुबई — जनवरी ३१, २०१९
सन्दीप जोराले नेपालको टी-२० टोलीमा डेब्यू गरेको सात वर्ष भइसक्यो। यो सात वर्ष उनका लागि उतारचढाव रह्यो। राष्ट्रिय टोलीमा निरन्तर स्थान बनाउन सकेनन्।
उनले ३१ जनवरी २०१९ मा युएईविरूद्ध आफ्नो पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए। डेब्यू खेलमा उनी १७ वर्ष १०३ दिनको उमेरमा अविजित ५३ रन बनाउँदै उनले टी-२० आईमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कम उमेरको पुरूष खेलाडीको विश्व कीर्तिमान कायम गरे।
त्यसअघि उनले सन् २०१९ नोभेम्बरमा बंगलादेशमा भएको 'एसीसी इमर्जिङ टिम्स एसिया कप' का लागि नेपाली टोलीबाट खेलेका थिए। सन् २०१९ मा नेपालमै भएको १३ औं दक्षिण एशियाली खेलकुदमा पनि उनी नेपाली टोलीको हिस्सा थिए। उक्त प्रतियोगितामा माल्दिभ्सलाई ५ विकेटले हराउँदै नेपालले कास्य पदक जितेको थियो।
सिनियर टिमअघि उनले नेपालको यू-१९ टोलीबाट खेलेक। सन् २०१७ मा यू-१९ विश्वकप छनोटमा र यु-१९ एसिया कप खेले। उमेर समूह हुँदै राष्ट्रिय टोलीको यात्रा गरेका सन्दीप मध्यक्रमका भरपर्दा ब्याटर हुन्। टिममा चाहिएको बेलमा उनी ठूला सर्ट खेल्न सक्ने खुबी राख्छन्।
सन्दीपले २०७० सालको यू-१६ क्षेत्रीय प्रतियोगिताबाट आफ्नो करिअर सुरू गरेका थिए। त्यसपछि एभरेष्ट प्रिमियर लिगमा गरेको प्रदर्शनले उनका लागि यू-१९ टोलीको ढोका खुल्यो। इपिएल, पिपिएल र डिपिएलमा मध्यक्रममा ब्याटिङ गर्दै आफ्नो क्षमता प्रमाणित गरे। जसका कारण उनले यू-१९ टोली हुँदै राष्ट्रिय टोलीमा स्थान बनाए।
सन्दीप कञ्चनपुरको भिमदत्तनगरको खुल्लामञ्चमा क्रिकेट खेल्दै हुर्किए। सिनियर दाइहरूले खेलेको देखेर उनी क्रिकेटमा आकर्षित भए।
तर उनको राष्ट्रिय क्रिकेट टोलीको यात्रा भने सहज रहन सकेन। बल र ब्याट किन्ने पैसा हुँदैन थियो। अझ परिवारले क्रिकेट खेलेको मन पराउने अवस्था थिएन। मन पराओस पनि किन खेलेर जीवन धान्न मुक्किल थियो।
खेल्न गएको निहुँमा घर परिवारबाट गाली खाइरहन्थे। तर जब उनले राष्ट्रिय टोलीमा स्थान बनाए सबैभन्दा बढी खुसी परिवार नै भए। बुबाले बधाइ दिएको क्षण उनको अस्वीसमरणीय क्षणमध्ये एक हो।
सामान्य परिवारका उनका बुवा प्रहरीमा जागिरे थिए। प्रहरीको जागिरले घर मात्र धान्थ्यो। अवकासपछि कहिले पसल र कहिले भारतमा सेक्युरिटी गार्डको काम गरे उनका बुबाले। अहिले छोराले सफलता भएपछि उनी धेरै खुसी छन्।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग लुम्बिनी लायन्सले जित्दा सन्दीप टोलीका मुख्य खेलाडी थिए।
कप्तान रोहित पौडेलको इनिङ मजबुत बनाउन जोराका हात थियो। नेपाल प्रिमियर लिगमा गरेको प्रदर्शनका कारण आइसिसी टी-२० विश्वकप २०२६ को नेपाली टोलीमा परेका सन्दीपका लागि अब विश्वकपमा पनि आफूलाई प्रमाणित गर्ने मौका छ।