रोयल च्यालेन्जर्स बेंग्लुरू इन्डियन प्रिमियर लिग (आइपिएल)को प्लेअफमा पुगेको छ।
आइतबार पञ्जाब किंग्सलाई पराजित गर्दै बेंग्लुरूले प्लेअफमा स्थान सुनिश्चित गरेको हो।
एक खेल बाँकी रहेको बेंग्लुरू १८ अंकसहित शीर्ष स्थानमा छ।
दोस्रो स्थानको गुजरात टाइटन्सको १६, तेस्रो स्थानको सनराइजर्स हैदरावादको १४ र चौथो स्थानको पञ्जाबको १३ अंक छ।
हैदराबादले एक खेल कम खेलेको छ।
धर्मशालामा बेंग्लुरूले पञ्जाबलाई २३ रनले पराजित गरेको हो।
२२३ रनको लक्ष्य पछ्याएको पञ्जाबले ८ विकेट गुमाएर १९९ रन बनाएको थियो।
पञ्जाबका लागि शशांक सिंहले ५६, कुपर कोनोली र मार्कस स्टोइनिसले ३७/३७ र सुर्यान्स शेड्गीले ३५ रन बनाए।
बेंग्लुरूका रशिख सलामले ३, भुवनेश्वर कुमारले २ तथा जोश हेजलउड, सुयाश शर्मा र रोमारियो शेफर्डले एक/एक विकेट बनाए।
पहिले ब्याटिङ गरेको बेंग्लुरूले ४ विकेट गुमाएर २२२ रन बनाएको थियो।
बेंग्लुरूका लागि वेंकटेश ऐयरले नट आउट ७३ रन बनाए।
विराट कोहलीले ५८, देवदत पाडिकलले ४५ र टिम डेभिडले २८ रन बनाए।
बलिङतर्फ पञ्जाबका हरप्रित ब्रारले २ तथा अर्शदीप सिंह र युजवेन्द्र चाहलले १/१ विकेट बनाए।
लिगको अन्तिम खेलमा बेंग्लुरूले हैदराबाद र पञ्जाबले लखनउसँग खेल्नेछ।