नेपाल क्रिकेट संघ (क्यान) ले भारतको उत्तराखण्डमा सञ्चालन हुने ४२औं अल इन्डिया गोल्ड कप क्रिकेट प्रतियोगिता खेलेने नेपालको ए राष्ट्रिय टोली घोषणा गरेको छ।
नेपाली टोलीमा कप्तान अनिल कुमार साह छन्। त्यस्तै मयन यादव, तृत राज दास, देव खनाल, रसिद खान, बसिर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त धामी, पवन सराफ, दीपक डुम्रे, युवराज खत्री, विपिन खत्री, ललित राजवंशी र अर्जुन कुमाल रहेका छन्।
नेपालले प्रतियोगितामा जुन ३० मा केरलासँग पहिलो खेल खेल्नेछ।
त्यसपछि नेपालले जुन ३१ मा गोवा र जुन २ मा ओडिसासँग खेल्नेछ।
प्रतियोगिताको क्वार्टरफाइनल जुन ४ मा, सेमिफाइनल जुन ६ मा र फाइनल जुन ७ मा हुनेछ।