लिग–२ मा छैटौं स्थान हासिल गर्दै नेपाली क्रिकेट टिम मंगलबार स्वदेश फर्किएको छ।
नेपालले आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार ओमानलाई १० रनले पराजित गरेको थियो।
सोमबार ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको घरेलु टोली ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रन मात्रै बनाउन सक्यो।
नेपालले लिग–२ को आफ्नो अन्तिम खेलमा महत्त्वपूर्ण जित निकालेको हो। योसँगै नेपाल लि-२ मा ३६ वटा खेल खेलेर ३० अंकसहित छैटौं स्थानमा छ। नेपालले लिगमा १४ खेल जित्दा २० खेल पराजित भएको छ।
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी











