स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियालाई उसैको मैदानमा ५-० को फराकिलो अन्तरले पराजित गरेको छ।
यो जितसँगै बार्सिलोना लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने च्याम्पियन्स लिगको सुरुआतअघि उच्च लयमा देखिएको छ।
प्रशिक्षक हन्सी फ्लिकले आफ्नो उत्कृष्ट टोली मैदानमा उतारेका थिए। खेलको सुरुवातदेखि नै बार्सिलोनाले बलमाथि नियन्त्रण जमाउँदै दबाब सिर्जना गर्यो।
खेलको ६ औँ मिनेटमा लामिन यमलले व्यक्तिगत कौशल देखाउँदै उत्कृष्ट गोल गरी बार्सिलोनालाई अग्रता दिलाए। खेलको अन्त्यतिर ८४ औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित ५-० पुर्याए।
२२ औँ मिनेटमा फर्मिन लोपेजले गोल गर्दै अग्रता दोब्बर बनाए। दोस्रो हाफको सुरुमै (५० औँ मिनेटमा) राफिन्हाले गोल गर्दै टोलीलाई ३-० को स्थितिमा पुर्याए।
७९ औँ मिनेटमा पेड्रिले चौथो गोल गरे। यसै खेलबाट गेब्रियल जिससले पनि बार्सिलोनाका लागि डेब्यु (पहिलो खेल) गरे।
ब्राजिलियन फरवार्ड राफिन्हा अहिले सानदार लयमा छन्। यस सिजनका सुरुवाती ४ ला लिगा खेलमा ६ गोल गर्दै उनले क्लबका लिजेन्ड लियोनेल मेस्सीको दुर्लभ कीर्तिमान बराबर गरेका छन्।
यस शताब्दीमा मेस्सीपछि सिजनका सुरुवाती ४ खेलमा ६ गोल गर्ने राफिन्हा दोस्रो खेलाडी बनेका छन्। मेस्सीले सन् २०१२ र २०१३ मा यस्तो उपलब्धि हासिल गरेका थिए।
एन्थोनी गोर्डनले बार्सिलोनामा भित्रिने बित्तिकै आफ्नो प्रभाव जमाएका छन्। उनले आफ्ना सुरुवाती ४ खेलमा ४ 'असिस्ट' (गोलका लागि पास) दिएर सेस्क फाब्रीगास र लुइस सुआरेजको कीर्तिमान बराबर गरेका छन्। अब उनी मेस्सीको (४ खेलमा ५ असिस्ट) कीर्तिमान तोड्न मात्र एक पाइला टाढा छन्।