अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बन रहेको अवस्थामा अब नेपाल फुटबल लिग (एनएफएल) हुने भएको छ।
फिफाले सरकारी हस्तक्षेप भएको भन्दै एन्फालाई निलम्बन गर्दा घरेलु लिगसहित यसअघि सन्चालन हुँदै आएको नेपाल सुपर लिग समेत हुन सकेको छैन।
एनएफएलको पहिलो संस्करण आगामी फागुन १ गतेदेखि आयोजना हुने भएको छ।
एनएफएलका अध्यक्ष कल्याण नयाँ सोचका साथ प्रतियोगिता अघि बढाउन लागिएको बताएका छन्।
लिगको पहिलो संस्करणमा नेपाल सुपर लिगका टोलीहरु काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब, धनगढी एफसी र झापा एफसीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउन विभिन्न सहरका टोली समेट्ने तयारी गरिएको छ। रंगशालाको उपलब्धतालाई ध्यानमा राखेर खेलहरू होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने योजना बनाइएको छ।