बलिउड अभिनेत्री मोनी रोय छिट्टै 'द भूतनी' मा देखिँदैछिन्।
हाल उनी आफ्नो लुकको कारण चर्चामा छिन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनले प्लास्टिक सर्जरी गरेको दाबी गरेका छन्। अब यस मामिलामा मोनीले आफ्नो प्रतिक्रिया दिएकी छन्।
भारतीय सञ्चारमाध्यम जूमसँग कुराकानी गर्दै उनले भनिन्, 'सुरूआतमा जब म कमेन्ट पर्थे र कहिले कहिले एआईको भिडिओ हेर्थे, तब मलाई अचानक एक अजीब महसुस हुन्थ्यो। यस्तो लाग्थ्यो झेल्न सकिरहेको छैन। मेरो अनुहार अरू शरीरमा फिट गरेको देख्दा मलाई कस्तो महसुस हुन्थ्यो होला? यो निकै घटिया अनुभव थियो। म सोच्न बाध्य भएकी थिए कि मान्छेहरू किन यस्तो गरिरहेका छन्।'
फिल्म 'भूतनी' को ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री मोनी रोय र अभिनेता सञ्जय दत्त एकसाथ पुगेका थिए। उक्त कार्यक्रमको तस्बिर सार्वजनिक भएपछि दर्शकले मोनीको खुब ट्रोल गरेका थिए।
मोनीको फिल्म 'भूतनी' १८ अप्रिलदेखि प्रदर्शन हुँदैछ। फिल्ममा मोनी रोय, सञ्जय दत्त, सनी सिंह, पलक तिवारीलगायत कलाकारको अभिनय छ।