बलिउड अभिनेत्री अमीषा पटेलले हालै अभिनेता सलमान खानसँग आफ्नो सम्बन्धको बारेमा कुराकानी गरेकी छन्।
'सलमान निकै कूल मान्छे छन्। साच्चै भन्नु पर्दा म चाहन्न कि सलमान कहिले पनि विवाह गरूनँ। उनी निकै कूल छन्। मान्छेहरूको ख्याल राख्ने र माया गर्ने मान्छे हुन्। बिहेको बारेमा सोच्ने हो भने उनीसँग पुरै अन्तर्वार्ता लिनुपर्छ कि उनी सुध्रे कि सुध्रेनन्। उनी एक साथीको रूपमा निकै प्यारो मान्छे हुन्। तर मैले कहिले पनि त्यो नजरले हेरेको छैन,' उनले भनिन्।
उनले थप्दै भनिन्, 'उनी चकचके बच्चा हुन्। उनी हसाउँछन्, रूवाउँछन्। उनले मेरो नाम मीना कुमारी राखेका थिए। किनकी म बारम्बार रुन्थे। म खुसी छु कि उनी र उनका परिवार मेरो राम्रो साथी हुन्।'
सलमान र अमीषाले 'जलवा' मा एकसाथ काम गरेका थिए। यो फिल्मलाई डेविड धवनले निर्देशन गरेका थिए।